कास्कीबाट प्रतिनिधि सभातर्फ १५ स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा

कास्की | कात्तिक २४, २०७९

कास्कीबाट प्रतिनिधि सभातर्फ १५ स्वतन्त्र उम्मेदवार प्रतिष्पर्धामा

कास्कीः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कास्कीबाट १५ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । 

 

जसमध्ये क्षेत्र नम्बर १ बाट सौगात जिसी र दिलबहादुर रानाको उम्मेदवारी रहेको छ । 

 

त्यस्तै, क्षेत्र नम्बर २ बाट ६ जना उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट महादेव गुरुङलाई अन्य भन्दा बलियो उम्मेदवार मानिएको छ । 

 

नेपाली कांग्रेसको राजनीतिबाट पर्यटन राज्यमन्त्री भइसकेका गुरुङ जिल्लाकै सशक्त स्वतन्त्र उम्मेदवार मानिन्छन् । 

 

यस क्षेत्रका अन्य उम्मेदवारमा तारानाथ सुवेदी, जमुना शर्मा, गिता नाथ र ऋगेन्द्र गिरी र शिरिष गुरुङ रहेकी छन् । 

 

यसैगरी, सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार क्षेत्र नम्बर ३ मा रहेका छन् । यहाँबाट ७ उम्मेदवार चुनावी मैदानमा छन् । 

 

जसमध्ये अनिता भुर्तेल एक हुन् । भुर्तेल जनयुद्धताका सहिद भएका राजविक्रम भुर्तेल र सीता भुर्तेलकी छोरी हुन् । सहिदपुत्री भुर्तेललाई यहाँ अन्य भन्दा सशक्त मानिएको छ । 

 

अन्य उम्मेदवारमा अधिवक्ता दुर्गाप्रसाद कोइराला, पशुपति तिमिल्सिना, कमलजंग कुँवर, ढकबहादुर कार्की, यादवप्रसाद तिमिल्सेना र टंकप्रसाद अधिकारी प्रतिष्पर्धामा छन् । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्